काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च फैसलाले प्रजातन्त्रको जित भएको बताउनुभएको छ । सर्वोच्चले सुरुमा प्रतिनिधि सभा विघटनको मुद्दामाअन्तरिम आदेश दिएको थिएन, जसका कारण हामीहरु फैसला नभएसम्म आफुहरु शंकामा नै थियौँ, उहाँले भन्नुभयो । महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा बुधबार भएको कार्यक्रममा सभापति देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध परेका...