अंग्रेज शासनकाल र लगत्तैको भारत कस्तो थियो ? (चित्रमय झाँकी)

अंग्रेज शासनकाल र लगत्तैको भारत कस्तो थियो ? (चित्रमय झाँकी)

बेलाबखत राजनीति,अर्थनीति र सामाजिक विकासको सन्दर्भमा अहिलेको भारत र पहिलेको भारत भन्ने गरिन्छ । कतिपय अवस्थामा त्यो बेला र यो बेलाको भारतमा आकाश जमिनको भिन्नतासमेत देखिन्छ । जनआस्थालाई प्राप्त केही तस्बिरबाट वर्षौ अगाडिको भारत कस्तो थियो भन्ने सामान्य अनुमान लगाउन सकिन्छ ।

पहिलो तस्बिरमा भारतको सबैभन्दा ठूलो अटोमोबाइल निर्माण कम्पनी टाटा मोटर्सका मालिक नवल टाटा,उनका छोरा रतन टाटा र रतनका भाइ नोयल टाटा देखिएका छन् । रतन युवा उमेरको छँदा उनका भाइ निकै साना थिए ।दोस्रो तस्बीरमा देखिएको सवारी साधन भारतमा बेस्ट कम्पनीले बनाएको पहिलो बस हो ।तेस्रो तस्बीर सन् १९२० मा विलासपुरको रेल्वे स्टेशन हो । जुन युरोपका कुनै देशमा भएको प्रख्यात र विकसित रेल्वेभन्दा कम देखिँदैन । आजका दिनमा भारतका अधिकांश रेल्वे स्टेशन फोहोर र भीडभाडको प्रतिक बन्ने गरेको छ ।चौथो तस्बीर त्यो बेलाको भारतीय १ रुपैयाँ हो । जतिबेला सन् १९१७ मा १ भारतीय रुपैयाँको विनिमयदर १३ अमेरिकी डलर थियो । आजसम्म आइपुग्दा त्यो अवस्था अचम्ममा परिणत भएको छ । सन् २०१४ मा ६३ रुपैयाँ बराबर १ डलर पुग्यो भने अहिले १ अमेरिकी डलरको झण्डै ७४ भारतीय रुपैयाँ छ ।अर्को तस्बीर भारतमा १ सय ५९ वर्षअघि खिचिएको झाँसीकी रानीको पहिलो फोटो हो । त्यो फोटो ब्रिटिश फोटोग्राफर हाफमेनले खिचेका थिए । उक्त फोटोलाई भारतमा आयोजित विश्व फोटो प्रदर्शनीमा समेत राखिएको थियो । फोटो अहमदावादका एक जना संग्रहकर्ताले उपलब्ध गराएका हुन् ।छैठौँ तस्बीर पनि भारतीय रुपैयाँको हो । त्यो पनि ब्रिटिशकालीन समयको १ रुपैयाँको नोट हो । त्यसमा ब्रिटेनकी रानीको चित्र अंकित छ भने भारतका वित्त सचिवले हस्ताक्षर गरेका छन् ।सातौं चित्र होटल वाटसनको हो । सन् १८८० ताकाको उक्त होटलको तस्बिरले आजभन्दा १ सय ३० वर्षअगाडि भारतमा समेत सुविधायुक्त होटल रहेको प्रमाणित गर्दछ ।आठौँ तस्बीरमा देखिएको नोट भारतको पहिलो नोट हो । सन् १७७० मा बैंक अफ हिन्दुस्तानले छापेर जारी गरेको उक्त नोटमा १६ रुपैयाँ लेखिएको छ ।

नवौँ तस्बीरमा देखिएको विश्वकै पहिलो नाट्यशाला हो । तर यो तस्बीर भारतको भनेर कतै पनि लेखिएको छैन । सम्भवतः भारतको पहिलो नाट्यशाला हुनुपर्छ ।दसौं तस्बिर सन् १८६४ ताका भारतमा प्रकाशित २० रुपैयाँको नोट हो । उक्त नोटमा रानी भिक्टोरियाको तस्बिर छापिएको थियो ।एघारौँ तस्बिर भारतका पहिलो राष्ट्रपति राजेन्द्रप्रसाद चढेको बग्गीको हो । उनी सन् १९५० देखि १९६२ सम्म राष्ट्रपति थिए ।र अन्तिमको तस्बीर भारतको मुम्बईस्थित दादर क्षेत्रको हो । जुन मुम्बईको पहिलो व्यवस्थित तरिकाले बसोबास गराइएको (टाउन प्लानिङ) क्षेत्र हो । साभार-जनआस्था