हृदयघात बाट एमाले उपाध्यक्ष नेम्वाङको  निधन ।

हृदयघात बाट एमाले उपाध्यक्ष नेम्वाङको निधन ।

काठमाडौँ ।

संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघात बाट निधन भएको छ ।

सामान्य रुघाखोकी लागेर बालुवाटर स्थित निवासमा आराम गरिरहनु भएका नेम्वाङलाई गए राति हृदयघात भएपछि उपचारका लागि राती २ बजे महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो र अस्पतालमा पुर्‍याउँदा उहाँको निधन भइसकेको त्रिवि शिक्षण अस्पतालले जानकारी गराएको छ।

मेरो पनी संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रती भावपूर्ण श्रद्धाञ्‍जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना छ।