जनक सिंह को निर्देशनमा “तिम्रो सबै कुरा मन पर्छ” सार्वजनिक

जनक सिंह को निर्देशनमा “तिम्रो सबै कुरा मन पर्छ” सार्वजनिक


काठमाडौं- 

सुदूरपश्चिममा पर्ने प्राकृतिक तथा आध्यात्मिक क्षेत्र खप्तडमा छायांकन गरिएको म्यूजिक भिडियो “तिम्रो सबै कुरा मन पर्छ” सार्वजनिक भएको छ। 
सि यम निरौलाको शब्द तथा सुगम संगीतका चर्चित गीतकार तथा संगीतकार विशाल निरौलाको संगीत रहेको गीतमा स्वर संगीतकार विशाल निरौला र रिज्योना कार्कीको रहेको छ।

रोमान्टिक भर्सनको साँचो मायाप्रेममा डुबिरहेका प्रेमिल जोडीको कथाबस्तुमा आधारित उक्त गीतको भिडियोमा चर्चित मोडेल सनम कठायत सँगै हिमा थापाको को अभिनय रहेको छ।
निर्देशक जनक सिंहको निर्देशनमा बनेको भिडियोमा दिपक गिरीको छायाँकन तथा अमृत चापागाँईको सम्पादन रहेको छ। भिडियो संगितकार निरौलाको  आफ्नै युट्युब च्यानल ‘विशाल निरौला’ बाट सार्वजनिक गरिएको छ।