कलाकार हुनका लागी मिहिनेत र ईच्छाशक्ती हुनुपर्छ।

कलाकार हुनका लागी मिहिनेत र ईच्छाशक्ती हुनुपर्छ।

काठमाडौं, साउन २२ ।
२०४९ सालमा धादिङग जिल्लाको सिद्दलेक गाउपालिका–३ मा पिता भोजराज रुपाखेती र माता रमा रुपाखेतीको कोखबाट जन्मिनुभएकी सुस्मा रुपाखेती सानैदेखि गीत सङगीत भनेपछि हुरुक्क हुनुहुन्थ्यो । गाउँघरमा हुने रोधी अनि बिद्यलय स्तरमा हुने प्रतियोगितामा भाग लिने उहाँ विस्तारै बढदै जादा यो क्षेत्रमा हेलिदै जानुभयो । लोकदोहोरीको शब्द फर्काउन अब्बल रहनुभएकी रुपाखेतीले करिव एकदर्जन लोकदोहोरी र लोक गीतमा स्वर दिनुभएको छ । केही समय यो क्षेत्रबाट ओझेल रहेपनि उहाँले फेरि आफ्नो साङ्गीतिक यात्रा शुरु गर्नुभएको छ । गायिका सुष्मा रुपाखेतीको गायन यात्रा र नेपाली गीत सङ्गीतका विषयमा किरण अधिकारीले गर्नुभएको संवादको सारसंक्षेप :-

यतिवेला के गर्दै हुनुहुन्छ ?
यतिवेला तीज गीत आइरहेका छन् । म पनि तीज गीतको तयारी गरिरहेको छु । छिट्टै श्रोता/दर्शकमाझ ल्याउने तयारीमा छौ ।

यो क्षेत्रमा कहिलेदेखि हुनुहुन्छ, कसैको प्रेरणा थियो कि ?
म औपचारिकरुपमा २०७१ सालमा प्रवेश गरेकी हुँ यो क्षेत्रमा । सानैदेखि स्कुल र क्लबले गर्ने कार्यक्रमहरूमा सहभागी हुन्थे । सबैले स्वर राम्रो भन्नुहुन्थ्यो । अनि प्रस्तुति शैली पनि मनपराउनु भयो । त्यसले मलाई थप हौसला हुन्थ्यो । त्यसैले मैले गीत सङगीत क्षेत्रमा केही गर्नु पर्छ भन्ने भाबना जाग्यो अनि त्यही प्रेरणाले आज यो स्थानमा आईपुगेको छु ।

अहिलेसम्म कतिजति गीतमा स्वर दिनुभयो ?
मैले अहिलेसम्म करिव एकदर्जन जति गीतहरूमा स्वर दिएको छु । प्रत्यक्ष कार्यक्रमहरूमा सहभागी भइरहेको थिए । तर, आफ्नै बाध्यता र अन्य केही कारणले गर्दा बीचको केही समय मेरो यात्रा रोकिएको थियो । तर, अहिले पुनः यो यात्रा आरम्भ गरेकी छु ।

फरक प्रसङ्गमा जाउ, यो क्षेत्रमा महिलाहरूमाथि शोषण हुन्छ भन्ने सुनिन्छ ?
होला त्यो मैले नि सुनेकी छु । कतिपय कुराहरू आएका नि छन् । तर, मेरो विचारमा आफ्नो विचार सही भयो भने कसैले केही भन्न सक्दैन । अनि अर्को कुरा आफू सही ठाउँमा उभिएर मिहिहनेत गर्ने हो भने यो कुरा आउदैन ।

कलाकार हुन् के कुराको आवश्यक पर्छ, रुप र पैसा भए पुग्छ भन्ने कुरा छ ?
खै होला कसैको सबालमा त्यो भयो होला । रुप र पैसाले मात्र कलाकार हुने भए सबै मान्छे कलाकार हुन्थे । खहरे खोला हो बर्खामा बाढी आउँ सक्छ तर त्यो निरन्तर हुन सक्दैन । कलाकार हुनको लागि मिहिहनेत र ईच्छाशक्ति हुनुपर्छ कला र गला हुनपर्‍यो । मिहिनेत अनि अनि लगनशिलता हुनपर्छ ।

नयाँ आउने कलाकारलाई के भन्न चाहनुहुन्छ ?
यो क्षेत्र बुझेर मात्रा आउनुहोस अन्दाजको भरमा हाम नाफाल्नुहोस् । कला र गला तिखारेर मात्र आउनुहोला । अनि मात्र सफल भईन्छ भन्न चाहन्छु ।

गीतसङ्गीतले तपाईंलाई के दियो र तपाईंले के दिनुभयो ?
मलाई गीतसङ्गीतले सुष्मा रुपाखेती भनेर चिनायो । सामान्य सुष्मा सबैले चिन्ने सुष्मा भईन । कलाकार र गायिकाको परिचय थपिदियो । तर, मैले सोचेअनुसार समय दिन नसकेर होला गीतसङ्गीतलाई मैले केही दिन सकेको जस्तो लाग्दैन । अब सोच अनुसारको समय दिन्छु अहिले दिएको भन्दा बढी योगदान दिन्छ।

यो क्षेत्रमा लागेर कतिको सन्तुस्ट हुनुहुन्छ ?
आफूले रोजेर लागेको क्षेत्रमा सन्तुष्ट नहुने भन्ने कुरा छैन । तरपनि सोचेअनुसार भएको छैन । जुन मेरो उद्देश्य पूरा हुन्छु त्यो दिन अहिले सोचे भन्दा बढी सफल हुन्छु ।

प्रेम के हो तपाईंको विचारमा, कतिको प्रेम प्रस्ताब आउछ ?
प्रेम धेरै प्रकारको हुन्छ । बाबु आमाले आफ्नो सन्तानलाई दिने प्रेम, दाजुभाई र दिदीबहिनीको प्रेम । तपाईंले सोधे अनुसार हो भने प्रेम दुई आत्माको मिलन हो । सुख दुःख साट्ने माध्यम हो । प्रेम प्रस्ताबको सबालमा प्रस्ताब आउछ । फूलेको फूल अनि सुन्दर कमल देख्दा भामारा वरपर आउनु स्वाभाविक हो । तर, त्यसरी सिधै आउँदैन किनकी सुष्मा को हो ? कुन अवस्थामा छ सबैले बुझेका छन् । अर्को कुरा मेरो रुप र मलाई भन्दा पनि मेरो कला र गलालाई उक्त प्रस्ताब आएको हो भन्ने बुझ्छु म ।