राष्ट्रपतिबाट विभूषित कर्मचारी नै घुससहित पक्राउ

राष्ट्रपतिबाट विभूषित कर्मचारी नै घुससहित पक्राउ

ताप्लेजुङ । अख्तियारले मालपोत कार्यालय ताप्लेजुङका प्रमुख लेखा अधिकृत पनेरु महतलाई १ लाख ५० हजार घुससहित पक्राउ गरेको छ ।

अख्तियारको टोलीले आईतबार उनलाई सेवाग्राहीबाट लिएको उक्त घुससहित नियन्त्रणमा लिएका हुन् ।

उनलाई केन्द्रीय कार्यालयबाट खटिएकोअख्तियारको टोलीले पक्राउ गरेको जनाइएको छ ।

जिल्लाको फक्ताङ्लुङ गाउँपालिका ७ की एक सेवाग्राहीको अंशियारबी भागबण्डा भइसकेको जग्गा दाखिला खारेज गरि दर्ता गर्ने कामका लागि पनेरुले घुस लिएकी थिइन् ।

उनले फुङ्लिङ वडा नं, ४ को कोप्चेलाइनको एक घरबाट सेवाग्राहीबाट लिएको रकम सहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

पनेरु महत यही बैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत उत्कृष्ट राष्ट्र सेवकको सम्मानबाट विभूषित भएको १० दिन पनि नबित्दै घुससहित पक्राउ परेकी हुन् ।