पर्यटन मन्त्री प्रेमबहादुर आले आज डोटीको बडीकेदार शक्तीपिठ जाँदै

पर्यटन मन्त्री प्रेमबहादुर आले आज डोटीको बडीकेदार शक्तीपिठ जाँदै

संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगर डोटी जिल्लाको दक्षिण भेगमा रहेको धार्मिक पर्यटकिय स्थल बडीकेदार जाने भएका छन् ।

बडीकेदारको नयाँ पदमार्ग निमार्ण तथा पुर्वाधार योजनाको शिलन्यास गर्नको लागी मन्त्री आले आजै डोटीको पवित्र धार्मीक पर्यटकीय स्थल बडीकेदार शक्तीपिठ जाने भएका हुन् ।

वडीकेदारको विकासका लागी सधै लागीपरेका आलेको चुनाव क्षेत्र पनि डोटी जिल्लाको यहि क्षेत्र हो ।

मन्त्री आलेले बडीकेदारमा पदमार्ग र पुर्वधार योजनाको शिलन्यास गर्ने कार्यक्रम आजै दिउँसो १ बजे रहेको बडीकेदार क्षेत्र पर्यटन बिकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडीले जानकारी दिनुभयो ।