नेपालमा भाइरल गरिएको  हिउँ चितुवाको फोटो नक्कली भएको प्रमाणित

नेपालमा भाइरल गरिएको हिउँ चितुवाको फोटो नक्कली भएको प्रमाणित

काठमाडौं । सामाजिक सञ्‍जालमा भाइरल भएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले सगरमाथा आधार क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली प्रमाणित भएको छ ।

‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा आधार क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरेको छ ।

अलपाइन इन्टरनेसनलमा उल्लेख गरिएको छ, हिमालयमा वर्षौं बिताए पनि केही मानिसहरूले मुस्किलले झुलुक्क मात्रै देख्नपनि सक्छ तर भर्खर फोटोखिच्न सुरु गरेका, सिकारु फोटोग्राफरलाई भाग्यवश मौका मिल्न सक्छ र किटीया पावलोव्स्की हिउँ चितुवाको केही सटहरू भेट्टाउन भाग्यशाली हुन पनि सक्छिन् तर समस्या तस्वीररूको प्रकृतिमा छ । तिनीहरूको संरचना, प्रकाश, तिनीहरूको स्थानमा छ । अर्को शब्दमा, पावलोस्कीका तस्बिरहरू उत्कृष्ट छन तर तिनीहरू प्राकृतिक नभई फोटोसप जस्ता सफ्टवेयर प्रयोग गरेर सिर्जना गरिएको हो ।

अलपाइन इन्टरनेसनलका अनुसार ‘पावलोव्स्कीलाई फोटोसप चलाउने कुरामा विज्ञता छ उनले त्यही विज्ञता प्रयोग गरेको दाबी गरिएको छ र पावलोव्स्की एक फोटोग्राफर नै हुन या होइनन भन्नेमा समेत शंका रहेको उल्लेख गरिएको छ।