फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन

फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ । साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक विश्वकप जितेको हो ।

लुसेल स्टेडियममा भएको खेलमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । फ्रान्सका केलियन एम्बाब्पेले ह्याट्रिक प्रहार गरेपनि टिमलाई जित दिलाउन भने सकेनन् ।

खेलको २३ औँ मिनेटमा लियोनल मेस्सीको पेनाल्टीमा मार्फत अर्जेन्टिनाले अग्रता बनाएको थियो । यस्तै ३६ औँ मिनेटमा डि मारियाले गोल गर्दै २–०को स्थितिमा पुर्‍याए । पहिलो हाफमा अर्जेन्टिनाले अग्रता बनाएपनि दोस्रो हाफमा फ्रान्सले २ मिनेटमा २ गोल गर्दै पुनरागमन गरेको थियो । फ्रान्सका एम्बाब्पेले ८० औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो तथा ८१ औँ मिनेटमा दोस्रो गोल गरे ।

अतिरिक्त समयमा गएको खेलमा मेस्सीले १०८ औँ मिनेटमा गोल गर्दै टोलीलाई ३–०को स्थितिमा ल्याए । तर एम्बाब्पेले खेलको ११८ औँ मिनेटमा ह्याट्रिक गोल गर्दै ३–३ को बराबरीमा ल्याएपछि खेल पेनाल्टीमा गएको थियो ।

यो सँगै अर्जेन्टिनाले तेस्रो पटक उपाधि जितेको छ । सन १९८६ यता पहिलोपटक उपाधि हात पारेको हो । अर्जेन्टिनाले यसअघि १९७८ मा नेदरल्याण्ड लाई तथा १९८६ मा जर्मनीलाई हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको थियो ।