कपाल झर्न रोक्ने  घरेलु उपायहरु

कपाल झर्न रोक्ने घरेलु उपायहरु

कपाल झर्ने समस्याबाट धेरै मानिसहरु चिन्तित हुन्छन् । विभिन्न कारणले कपाल झर्ने समस्या पैदा हुन्छ । तर, गम्भीर रोगका कारण कपाल झर्ने समस्यामा बाहेक घरेलु विधि अपनाएर यसको समाधान गर्न सकिन्छ ।

अमलाको जुस
अमलामा ट्यानिन र क्याल्शियम जस्ता पदार्थ पाइन्छ । यो दुवै पदार्थ कपाल बढ्न मद्दतगार हुन्छ । र यो कपालको लागि निकै लाभदायक हुन्छ । कपालको जरामा अमलाको रस लगाउनुस् र ३० मिनेटसम्म लगाउनुस् । यो प्रक्रिया हप्तामा दुईपटक लगाउनुस् ।

प्याजको रस
प्याजको रसले कपालमा यसको वृद्धिका लागि अतिरिक्त सल्फर प्रदान गर्छ । जसले गर्दा कपाल झर्न रोक्ने काम गर्छ । आधा प्याजको रस निकाल्ने र कपालको जरामा लगाएको ३० देखि ६० मिनेटमा पखाल्ने गर्नुपर्छ । यो प्रक्रिया हप्तामा दुई पटक गर्दा कपाल झर्ने समस्यामा कमि आउँछ ।

ग्रिन टी 

ग्रिन टीपानीमा पकाउनुहोस् अनि मनतातो भएपछि त्यो टाउकोमा खन्याउनुहोस् । एक घण्टासम्म राख्नुहोस् अनि कपाल पखाल्नुहोस् । ग्रिन टी मा एन्टी अक्सिडेन्ट तत्व हुने भएकाले त्यसले कपाल झर्नबाट रोक्ने तथा कपाल बढ्न समेत सहयोग पुर्याउँछ ।

मेथी हेयर मास्क
मेथीको दानामा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च मात्रामा पाइन्छ । यसले कपाल झर्न र रुखो हुनबाट बचाउँछ । आधा कप मेथीको दाना रातभर भिजाउने र पेस्ट बनाएर कपालको जरामा लगाउने गर्नुपर्छ । मेथीको पेस्ट लगाएको ३० देखि ६० मिनेटमा पखाल्नुपर्छ । यो प्रक्रिया हप्तामा एकपटक लगाउनुपर्छ ।

नरिवलको तेल
नरिवलको तेल कपालको वृद्धि विकासमा निकै फाइदाजनक हुन्छ । हप्तामा दुई पटक नरिवलको तेलले मालिस गर्ने गर्नुपर्छ जसले कपाल मजबुत बनाउँछ ।

योगा गर्नुहोस्

विश्वास गर्नुस्, नगर्नुस् कपाल झर्नुको एक मुख्य कारण भनेको तनाव हो । जब मान्छे तनावमा हुन्छ तब उसको कपाल झर्ने समस्या बढ्छ । नियमित योगाले तनावलाई कम गर्ने तथा सरीरमा हर्मोनको मात्रा सन्तुलित गर्ने भएकाले कपाल र्झन कम हुन्छ ।