गम्भिर प्रकृतिको रोगलाई पराजित गर्दै आफ्नो कर्ममा फर्कने प्रयासमा किरण अधिकारी ।

गम्भिर प्रकृतिको रोगलाई पराजित गर्दै आफ्नो कर्ममा फर्कने प्रयासमा किरण अधिकारी ।

२०३९ सालमा नुवाकोट जिल्लाको तत्कालिन तुप्चे गाँउ बिकास समिति हाल नुवाकोट जिल्ला बिदुर नगरपालिका-७ मा जन्मिनु भएका किरण अधिकारी गीत-सङ्गीतका साथै सञ्‍चार कर्ममा सक्रिय हुनुहुन्छ । सानैदेखि गीत सङ्गीतमा रुचि राख्‍ने अधिकारी २०५५ सालदेखि पत्रकारितामा लाग्‍नुभएको हो । बाल्यकाल देखि नै साहसी स्वभाबका किरण पारिवारिक पृष्ठभुमिले पनि गीतसङ्गीत प्रति झुकाब बनायो । सानैदेखि अनेक शारीरिक पीडाबाट गुज्रिनुभएको उहाँ आफ्नो कर्ममा निरन्तर लाग्‍नुभयो । आफ्ना मातापिताले भनेको सम्झदै उहाँ भन्नुहुन्छ, ‘२०४१ सालतिर हुनुपर्छ अति नै बिरामी भएपछी मलाई बाँच्दैन भनि घर परिवारले माया मारेका थिए । आमाले पिता जहाँ जागिर गर्नुहुन्थ्यो त्यही लान्छु भनि २०४१ सालमा कास्की जिल्ल्लाको पोखरा स्थित कृषि बिकास बैकतर्फ जादैगर्दा मुग्लिङ्गमा गएर तीन दिन नबोलेको मान्छे बोल्दा पुनर्जन्म भएको थियो ।

उहाँको प्रारम्भिक शिक्षा नुवाकोटकै साबिक तुप्चे गाबिसको चण्डेश्वरी माविको शिशु कक्षाबाट लिएपनि औपचारिक रुपमा नुवाकोटको बिदुर नगरपालिका-९ मा रहेको पायोनियर बोडिङ स्कुलबाट प्रामारी लेबलको शिक्षा लिई नुवाकोट जिल्लाको प्रशिद्ध स्कुल त्रिभुबन त्रिशुली उच्च माबिबाट एसएलसी अध्यान पुरा गर्नुभयो । २०५५ मा दश कक्षा पढ्दै गर्दा उहाँलाई पत्रकारिता गर्ने रहर पलायो । त्यसपछी उहाँले पत्रकारिता शुरु गर्नुभयो । सहज थिएन त्यो बेलाको पत्रकारिता तर उहाँले हिम्मत गर्नुभयो र आफूलाई मैदानमा उतार्नुभयो । निरन्तर पत्रकारिता गरे फलस्वरूप उहाँ नुवाकोट जिल्लाको नेपाल पत्रकार महासंघको पहिलो निर्बाचित कार्यसमितिको सदस्य पनि बन्नुभयो ।
हिरासत, आफ्नै पत्रिका र अवार्ड

पत्रकारिता शुरु गरेको केही समयमा नै किरण सशत्र युद्दको समयमा २०५८ फागुन २७ गते सेनाको हिरासतमा पर्नुभयो । तुप्चे घर भएकै कारण उहाँ हिरासत बस्न परेको थियो । तर, त्यो बसाईले उहाँले थप अनुभव संगाल्ने मौका पाउनुभयो । उहाँको यात्रा रोकिएन । पत्रकारिता यात्रालाई नरोकी उहाँ अगाडी बढनुभयो । पत्रकारिदा गर्दैगर्दा उहाँलाई जिल्ला अझै भनौ मोफसलमा बसेर नयाँ प्रयोग गर्न मन लाग्यो । पत्रकारिताको समयमा नै उहाँले जनआन्दोलन २०६२/६३ मा सहभागी हुनुभयो । दोहोरो जिम्मेवारी थियो उहाँमा त्यो बेला पत्रकारिता र पार्टीको शुभेच्छुक सस्थाको उहाँले कुशलतापुर्वक आफ्नो जिम्मेवारी पुरा पनि गर्नुभयो । उहाँ निरन्तर अगाडी बढ्नुभयो । २०६९ सालतिर उहाँलाई मोफसलबाट रङग पत्रकारिता शुरु गर्ने अठोट गर्नुभयो र आरम्भ भयो ‘सुन्दरादेबी सन्देश साप्ताहिक’ । साप्ताहिक पत्रिका शुरु गरेपछि पत्रिका राजधानीमा भइरहेको अवार्डको मिडिया सपोर्टर बन्दै अगाडी बढ्यो । यसैक्रममा उहाँले मोफसलमा अवार्ड गर्ने निधो गर्नुभयो । उहाँले आफ्नै पत्रिकाको आयोजनामा अवार्डको थालनी गर्नुभयो । ‘सुन्दरादेबी सन्देश बागमती लोक दोहोरी अवार्ड’को प्रथम संस्करण भब्य कार्यक्रमबीच नुवाकोट जिल्लामा २०७२ साल वैशाख ११ गते सम्पन्न भयो । अवार्ड भव्य रुपमा सम्पन्न त भयो तर त्यसको भोलिपल्ट आएको विनाशकारी भूकम्पका कारण उहाँलाई पनि त्यसले नराम्ररी प्रभावित पार्यो । तर पनि हिम्मत हार्नुभएन उहाँले । र, २०७३ सालमा दोस्रो बागमती म्युजिक अवार्ड घोषणा गर्नुभयो त्यो पनि नुवाकोटमा नै । दोस्रो संस्करण पनि सफलरुपमा सञ्चालन गर्नुभयो । मोफसलमा गर्दै आएको अवार्डलाई उहाँले राष्ट्रिय रुपमा लैजाने सोच बनाउनुभयो र २०७४ को शुरुवातमा सुन्दरादेबी सन्देश म्युजिक अवार्डको नाममा राष्ट्रिय म्युजिक अवार्ड घोषणा गर्नुभयो । धादिङ जिल्लामा यो भव्य रुपमा सम्पन्न भयो भने २०७४ को अन्तिममा चौथो संस्कण काभ्रेको बनेपामा सम्पन्न भयो ।

सुन्दरादेवी सन्देश म्युजिक अवार्डको सफलतासँगै किरणले नाट्यश्वर म्युजिक अवार्डको शुभारम्भ गर्नुभयो । काभ्रेको बनेपामा यो अवार्ड भव्य रुपमा सम्पनन भयो । ईतिहासमा पहिलोपटक गणतन्त्र नेपालको प्रथम राष्ट्रपति सम्माननीय डा रामबरण यादबको प्रमुख आथित्यमा यो अवार्ड सम्पन्न भएको थियो । यो अवार्डको हालै तेस्रो संस्करण सम्पन्‍न भएको छ । त्यसरी अवार्ड गर्दैगर्दा उहाँलाई केही शुभचिन्तक र साथीहरूबाट विदेशमा अवार्ड गर्ने सल्लाह भयो अनि शुरु भयो पाँचौ सुन्दरादेबी सन्देश म्युजिक अवार्ड । नेपालको ईतिहासमा पहिलोपटक ७० जना कलाकारको टोली लिएर २०७६को साउनमा थाईल्याण्डको पतया र बैंककमा कार्यक्रम उहाँकै नेतृत्वमा भयो । यो अवार्डबाट पाएको अनुभव र सिकाई विस्तृत रुपमा आफ्नो आत्मकथामा समेटने उहाँ बताउनुहुन्छ ।

पिडा भित्रको पिडा
आफ्ना कर्महरूमा विभिन्न आरोह अवरोह र हण्डरबीच अघिबढिरहँदा किरण २०७४ सालमा हर्नियाको शिकार भई नेपालको बिभिन्न अस्पताल चाहर्दै ग्रिनसिटि अस्पतालमा अप्रेसन गरि केही समय आराम पश्‍चात अन्तराष्‍ट्रिय लोक सांस्कृतिक मेलामा सहभागी हुन नुवाकोट पुगेको दोस्रो दिननै मोटरसाईकल दुर्घटना पर्नु भयो ।आफैँले चलाएको बाईक दुर्घटना भएपछी नुवाकोटबाट राष्ट्रिय ट्रमा सेन्टरमा उहाँको अप्रेसन भयो । विभिन्न शारीरिक कष्ट र पीडाबाट गुज्रिएपनि उहाँले आफ्ना कर्मलाई निरन्तर अघि बढाइरहनुभयो । यही बीचमा अप्रेसन गरेको तीन महिनामा नै उहाँले बनेपामा चोथो सुन्दरादेबी सन्देश म्युजिक अवार्ड भव्य रुपमा सम्पन्न गर्नुभयो ।२०७६को साउनमा थाईल्याण्डमा अवार्ड सम्पन्न गरेर फर्केपछि बिश्वब्यापी कोरोनाको भाइरस कोभिड–१९को महामारी शुरु हुनुभन्दा अगाडी उहाँलाई डेंगु रोगले थला पार्यो । त्यसपछि दशैँको समयमा उहाँ एक हप्ता क्रोनिक एपेन्डिक्सको कारण अस्पताल भर्ना हुनुभयो ।

अरुको दशैँ उहाँको दशा बन्यो । दशैँपछि पुनः उहाँ आफ्नो दैनिकी शुरु गर्न राजधानी आउनुभयो तर कोरोनाको बिश्वब्यापी लहरले नेपालमा त्यसको रोकथाम र नियन्त्रणका लागि लकडउन शुरु भयो । उहाँ निराश बन्दै नुवाकोट फर्कनुभयो । उहाँलाई यस रोगले पनि आफ्नो पञ्जामा कस्यो । कोरोनालाई त उहाँले पराजित गर्नुभयो तर फेरि क्रोनिक एपेन्डिक्सले सतायो । त्यसलाई केही समयमा ठिक बनाउनुभयो । तर फेरि उहाँको स्वास्थ्यमा गम्भीर समास्या आयो । अब बाँचिदैन भन्ने स्थिति भयो ।नेपालमा निरत्न्तर उपचार गर्नुभयो । एकातिर लकडाउन एकातिर हस्पिटल धाउन पर्ने समस्या तर हिम्मत हार्नुभएन उहाँले । लगभग ६ महिना उहाँ बेडबाट उठन सक्नुभएन । तर, उहाँ डगमगाउनुभएन निरन्तर उपचार गरिरहनुभयो । रोगले झन पछि झन च्याप्दै लादा उहाँलाई अब सक्दिन भने झैँ भएपनि नेपालको नाम चलेका अस्पतालमा उपचार गराएर नभएपछि भारतको लखनउतर्फ उपचारका लागि लाग्नुभयो । भारतमा निरन्तर उपचारपछि यतिवेला किरणको स्वास्थ्यमा क्रमिक सुधार भएको चिकिसत्कको भनाइसँगै उहाँले पनि त्यसलाई अनुभुति गर्नुभएको छ । अहिलेसम्म विभिन्नगरी उहाँका नौ वटा अप्रेसन भएकाछन् ।

नौलो ठाउँमा गरेका अप्रेसन अनि बेहोस हुँदा भएका पिडा र सम्झना उहाँले आफ्नो आत्मवृतान्तमा समेट्ने बताउनुहुन्छ । अझै पनि उहाँ उपचाररत हुनुहुन्छ । जति नै हण्डर र ठक्कर खाए त्यसलाई अनुभबको रुपमा लिएको उहाँ बताउनुहुन्छ । ‘मान्छेको जीवन हो समस्या आउछन तर हिम्मत हार्नुहुन्न’, उहाँ भन्नुहुन्छ । उहाँको हिम्मतको कदर गर्ने धेरै छन् । जति नै पिडा भएपनि उहाँले बाहिर देखाउनु भएन र निरन्तर उपचारमा लागिरहनुभयो । मेडिकल हिष्ट्रिले क्यान्सर देखाएपनि उहाँले आमजनमासमा त्यो देखाउनुभएन । उहाँ भन्नुहुन्छ, ‘देखाएर के गर्ने भोग्ने आफूले नै हो । आत्मबल मर्न दिइन अनि दरो भएर अगाडी बढे आज यो अवस्थामा छु । कति पिडा सहे कति रोए अनि कति छट्पटाए त्यो अहिले म वर्णन गर्न सक्दिन । भित्रभित्रै जलिरहे तर बाहिर व्यक्त गरिन । अब त ठिक हुँदै छ त्यसैले तपाईं समक्ष सेयर गर्दैछु ।’

पिडा भित्रको खुशी
अनेक पिडाबाट गुज्रिदै गर्दा उहाँले २०७९ साउनमा भएको नेपाल प्रेस युनियनको ९ औं केन्द्रीय महाधिबेशनमा केन्द्रीय सदस्य निर्बाचित हुँदा जति नै पिडा भएपनि खुशी देखिनुभएको थियो । यसलाई विस्तृत रुपमा आफ्नो आत्मकथामा समेट्ने उहाँ बताउनुहुन्छ । यहीबीचमा उहाँको नेतृत्वमा नै २०७९ साल फागुन १५ गते राजधानी काठमाडौंमा नाट्यश्वर म्युजिक अवार्डको तेस्रो संस्करण सम्पन्न गर्दा उहाँको पिडा मिश्रित भाब प्रस्ट झल्किन्थ्यो ।आखाँको आँसु बग्न नदिई सधै मुस्कुराउन खोज्‍ने किरण लाई मेरो तर्फ बाट सिघ्र स्वास्थ्य लाभको कामना ।