आर्मी र पुलिसको सुखद सुरुवात

आर्मी र पुलिसको सुखद सुरुवात

आर्मी क्लब र पुलिस क्लबले छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुषतर्फ विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबले गलकोट स्पोर्टस् क्लबलाई २५–१५, २५–१७, २५–२२ को सोझो सेटमा पराजित गरेको छ ।

त्यस्तै अर्को खेलमा विभागीय टोली आर्मी क्लबले अर्को विभागीय टोली एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले सुखद सुरुआत गरेको हो । आर्मीले एपीएफमाथि २५–२३, २५–१८ र २५–२२ को सेटमा जित निकालेको हो । वैशाख २४ गतेसम्म सञ्चालन हुने लिगको महिलातर्फ ५ र पुरुषतर्फ ७ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।