राष्ट्र बैंकले ६६औँ वार्षिकोत्सव मनाउदै, बोलाइएन अर्थमन्त्री शर्मालाई

राष्ट्र बैंकले ६६औँ वार्षिकोत्सव मनाउदै, बोलाइएन अर्थमन्त्री शर्मालाई

काठमाडौं । नेपाल राष्ट्र बैंक स्थापना भएको आजबाट ६६ वर्ष पूरा भएको छ । राष्ट्र बैंकले आज विभिन्न कार्यक्रम गरि आफ्नो ६६औँ वार्षिकोत्सव मनाउने भएको छ । एक समारोहकाबीच मनाइने कार्यक्रममा मुलुकको अर्थतन्त्रमा कोरोना महामारीले पारेको प्रभाव र वर्तमान अर्थतन्त्रका बारेमा छलफल पनि हुने जनाइएको छ ।

खस्किँदो अर्थतन्त्रका कारण नेपालको उत्पादन, आय, रोजगारी, मूल्य तथा अर्थतन्त्रका सबै सूचकहरूमा नकारात्मक प्रभाव परिरहेको र यसलाई सकारात्मक लयमा फर्काउने विषयमा पनि छलफल गरिने जनाइएको छ । यद्यपि राष्ट्र बैंकको वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मालाई भने निम्तो नदिइएको बताइएको छ ।

मन्त्री शर्मा र गर्भनर महाप्रसाद अधिकारीबीचको तिक्तताका कारण निम्ता नदिइएको हुनसक्ने अनुमान गरिएको छ । केही समयअघि मन्त्री शर्माले गोप्य सुचना चुहाएको भन्दै अनुसन्धन समिति गठन गरेका थिए । सो सँगै गभर्नर अधिकारी निलम्बनमा परेका थिए ।