न्यायाधीश नियुक्ति हुँदैन खल्तीबाट नाम निकालेर, कामु प्रधानन्यायाधीश कार्की

न्यायाधीश नियुक्ति हुँदैन खल्तीबाट नाम निकालेर, कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त नहुने बताएका छन् ।

कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एशोसिएसनले गरेको कार्यक्रममा उनले कानून व्यवसाय गर्दै आएका मध्येबाट पनि गुणस्तर हेरेर मात्रै न्यायाधीश नियुक्त गरिने बताएका छन् । उनले सर्वोच्च अदालतमा गोला प्रथाबाट मुद्दा हेरिएको उल्लेख गर्दै गोला प्रथामा कुनै शंका नगर्न आग्रह गरेका छन् । कामु प्रधानन्यायाधीश कार्कीले गोलाप्रथा पारदर्शी भएको पनि दावी गरेका छन् । न्यायाधीश नियुक्तिको विषयमा अब हामीले कवालिटी खोजिरहेका छौँ । कानून व्यवसाय नै गरेर आउनुभएको छ, त्यसमा पनि हामी कवालिटी हेर्छौ । यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु खल्तीबाट नाम निकालेर ट्वाक ट्वाक चाहिँ हुनेवाला छैन । हामीले प्रतिवद्धता गरिसक्यौँ न्यायाधीश नियुक्ती गर्दाखेरी कवालिटी भएकोलाई नियुक्ति गर्ने’ उनले भनेका छन्