अल जाजिराका पत्रकारको हत्याप्रति राष्ट्रसंघको कडा शब्दमा निन्दा

अल जाजिराका पत्रकारको हत्याप्रति राष्ट्रसंघको कडा शब्दमा निन्दा

एजेन्सी । अल जाजिराका पत्रकारको हत्याको संयुक्त राष्ट्रसंघले कडा शब्दमा निन्दा गरेको छ । अल जाजिराका पत्रकार सिरिन अबु अकलेहको गत बुधबार हत्या भएको थियो । इजरायली सेनाको कारबाहीको समाचार संकलन गरिरहेका बेला उनको गोली हानी हत्या भएको थियो । उनका अर्का एकजना साथी सो गोली प्रहारबाट गम्भीर रुपमा घाइते भएका छन् । जेलिनमा इजरायली सैनिकले गरेको अपरेसनको समाचार संकलन गरिरहेका बेला जेलिनमा उनको हत्या भएको थियो । समाचार संकलनका लागि खट्ने पत्रकारको सुरक्षा हुनुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ ।