६ महानगरपालिका र भक्तपुरको मतपत्र छाप्न सुरु

६ महानगरपालिका र भक्तपुरको मतपत्र छाप्न सुरु

निर्वाचन आयोगले देशका ६ महानगरपालिका र भक्तपुर जिल्लामा रहेका नगरपालिकाहरुका लागि मतपत्र छाप्न सुरु गरेको छ । आइतबार आयोगले गरेको
पत्रकार सम्मेलनमा बोल्दा बोल्दै आयोगका प्रवक्ता शालिग्राम पौडेलले मतपत्र छपाईको काम अन्तिम चरणमा पुगेको बताएका छन् । महानगरपालिकाका लागि छपाई भइरहेको मतपत्रमा कुनै दलले कुनै वडामा मात्र उम्मेदवार दर्ता गरेको भएपनि सो दलको चिन्ह प्रमुख पददेखि वडा सदस्यसम्मको लहर छापिने पनि जानकारी दिएका छन् । आयोगले सामाजिक सञ्जालमा दुरुपयोग भए नभएको हेर्न आइटी टिम बनाएको र अनुगमनको काम भइरहेको उनले बताएका छन् ।