सल्यानमा एम्बुलेन्स र गाडी ठोक्किँदा १० जना घाइते

सल्यानमा एम्बुलेन्स र गाडी ठोक्किँदा १० जना घाइते

सल्यान — राप्ती राजमार्ग अन्तर्गत तुलसिपुर उपमहानगरपालिकाको रानागाउँ नजिकै एम्बुलेन्स र बोलेरो गाडी ठोक्किँदा सल्यानका संघीय सांसद टेकबहादुर बस्नेत सहित १० जना घाइने भएका छन् । सल्यानबाट दाङतर्फ जाँदै गरेको संघीय सांसद टेकबहादुर बस्नेत चढेको बा ८ च ६९२५ नम्बरको गाडी दाङबाट सल्यान आउँदै गरेको ना. अ. क. था ९४१ नम्बरको एम्बुलेन्ससँग शुक्रबार दिउँसो ठोक्किएको हो । सांसद टेकबहादुर बस्नेत चढेको गाडीमा उनीसहित तीन जना र एम्बुलेन्समा चढेका सात जना घाइते भएको इप्रका तुलसिपुरले जनाएको छ । इप्रका तुलसिपुरका प्रनाउ श्यामु अर्यालका अनुसार घाइते सबैको अञ्चल अस्पताल तुलसिपुरमा उपचार भइरहेको छ । गाडी दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।