मेयर उम्मेदवार केशव स्थापितले  मागे माफी

मेयर उम्मेदवार केशव स्थापितले मागे माफी

नेकपा एमालेका काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले माफी मागेका छन् । मेयरमा उम्मेदवारी दर्ता गरेदेखि प्रचारप्रसारमा दिएका अभिव्यक्ति र व्यवहारलाई लिएर शाक्यले माफी मागेका हुन् ।

स्थानीय तह निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा स्थापितले माफी मागेका हुन् । मैले माफी माग्नुपर्छ । यो चुनावी युद्धमा, युद्ध नै हो भने हतियार प्रयोग गरिन्छ । त्योभन्दा चर्को हमला हामीले पनि गर्‍यौं माफी माग्दै उनले भने, अझ जिउ फुलाएर देखायौं । नदेखाए त हेप्छ नि मैले नाचेँ होला, गाएँ होला र तिक्त भाषा बोले होला । आफ्नो जित निश्चित भएको भन्दै स्थापितले थप माफी मागे । मेयर हुने मान्छेले माफ माग्न सिक्नुपर्छ । क्षमा पाऊँ । आफूमाथि आक्रमण भएको बेला छेकेको स्थापितको भनाइ थियो । केही महिला वृन्दहरूलाई यो मान्छे कठोर छ कि भन्ने लागेको छ भने यो मान्छे फूलजस्तो हो । क्षमाको कमी भएको भए स्वीकार कन्फेस गर्छू भन्दै उनले माफी मागेका हुन् । स्थापितलाई लागेको महिलालाई यौन दुर्व्यवहारको आरोप चर्चामा आएको थियो । उनी उम्मेदवार बनेपछि उक्त आरोप सार्वजनिक भएको थियो । मनोनयन दर्ता गरेको दिन स्थापितले आफूलाई आरोप लगाउने महिलालाई पागल को संज्ञा दिएका थिए । चुनाव प्रचारको क्रममा पनि स्थापितले विवादित अभिव्यक्ति दिएका थिए ।