भक्तपुरमा एमालेका सदस्य र वडाध्यक्षका उम्मेदवार पक्राउ

भक्तपुरमा एमालेका सदस्य र वडाध्यक्षका उम्मेदवार पक्राउ

भक्तपुर । गएराति नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका दुई जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । जिल्लाको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा राति वडाअध्यक्षका उम्मेदवार राजकुमार जोशी र सदस्य उम्मेदवार मनोज थापालाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

मौन अवधि लागू भएको अवस्थामा निर्वाचन आचार संहिता अनुसार मतदातालाई प्रभावित पार्न आएको भन्दै वडाध्यक्षका उम्मेदवार जोशी र सदस्यका उम्मेदवार थापालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बझाएका छन् । उनीहरुलाई कटुञ्जेस्थित त्वायना टोल र मिजार टोलबाट मतदाताहरुलाई प्रभावित बनाउनका लागि आर्थिक चलखेलको उद्देश्यसहित आएको आरोप लगाउँदै नियन्त्रणमा लिइएको थियो । बुधबार राति करिब ११ः४५ बजेको समयमा निजी मारुती भ्यानसहित उनीहरु दुवै जना उम्मेदवार आफ्नो टोलमा आएका स्थानीयले बताएका छन् । एक स्थानीय भने, ‘मौन अवधिमा किन आएको रु भनी सोध्यौं । उनीहरुले त्यतिकै आएको भने । महानगरीय प्रहरी परिसरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले उनीहरुलाई स्थानीयले नियन्त्रण प्रहरी प्रभाग कटुञ्जेमा बुझाएको र राति नै दुई पक्षलाई राखेर छलफल गराई आज पुनः छलफलमा बस्ने गरी छाडिएको जानकारी दिए ।