दुहबीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

दुहबीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

विराटनगर । सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

दुहबी नगरपालिका ९ को छाताबेली चोकमा स्थानीय तह निर्वाचनको प्रचार प्रसारका क्रममा ठूलो आवाजमा डिजे बजाएको विषयमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाले बताएका छन् । उनका अनुसार शुक्रबार चुनाव प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेस वडा अध्यक्ष उम्मेदवार मेहदी हुसेनको घर आसपास एमाले उम्मेदवार ताबिज हुसेनसहितले ठूलो आवाजमा डिजे गीत बजाएको भन्दै विवाद सुरु भएको थियो ।