हङकङलाई फरक देश बनाउने टीशर्ट बनेपछि चीन आक्रोशित

हङकङलाई फरक देश बनाउने टीशर्ट बनेपछि चीन आक्रोशित

काठमाडौं । हङकङमा चीनविरुद्ध प्रदर्शन चलिरहँदा चीनको सामाजिक सञ्जालमा फेशन ब्रान्डहरूका विरुद्ध अभियान चलेको छ ।

आइतवार इटलीको फेशन ब्रान्ड कम्पनी भर्साचेले आफ्नो टीशर्टका लागि माफी माग्नुपरेको छ । भर्साचेले डिजाइन गरेको टीशर्टमा लेखिएको छ– हङकङ र मकाउ अलग देश हुन् । यसको कडा विरोध गरिएपछि भर्साचेले माफी मागेको छ ।

अब चीनका नागरिकले न्युयोर्कको फेशन ब्रान्ड कोच र जिवेंशेविरुद्ध मोर्चा खोलेका छन् । हङकङ चीनको स्वायत्त क्षेत्र भए पनि त्यहाँ चीनको पूर्ण नियन्त्रण छ । चीनको वान चाइना वान पोलिसीलाई आलोचना गर्ने कम्पनीलाई सामाजिक मिडियामा तारो बनाइएको छ ।

भर्साचेको टीशर्टमा देश र तिनको राजधानी लेखिएको छ । त्यसक्रममा हङकङको नाम पनि लेखिएको छ र चीनले त्यसैको विरोध गरेको हो ।

यसै किसिमको डिजाइन न्युयोर्कको फेशन कम्पनी कोच र जिवेंशेले पनि बजारमा ल्याएका छन् । चीनकी प्रसिद्ध मोडल ली वेनले पनि यसको विरोध गर्दै कम्पनीसँगको सम्झौता तोडेकी छन् ।

वेन चीनकी पहिलो सुपरमोडल हुन् र सन् २०१७ मो उनी भोग पत्रिकाको कभरमा देखिएकी थिइन् । विवाद बढेपछि कोचले पनि चीनका नागरिकसँग माफी माग्यो । एजेन्सी