ह्युमानीटी फाउन्डेसनद्धारा पहिरो पीडितलाई राहत

ह्युमानीटी फाउन्डेसनद्धारा पहिरो पीडितलाई राहत

सृजना स्नेही (बझाङ)
ह्युमानिटी फाउन्डेसन नेपालले बझाङको केदारस्युँ गाँउपालिका ८ मल्लेसीका पहिरो पिडीतलाई राहात वितरण गरेको छ । फाउन्डेसनले गत साता मल्लेसीमा गएको पहिरोले घरबारविहिन भएका २२ घर परिवारलाई राहत वितरण गरेको हो ।
शनिबार फाउण्डेसन नेपालका बझाङ प्रतिनिधि तथा कान्तिपुरकर्मी वसन्तप्रताप सिंहले वडा नम्बर ८ का वडा अध्यक्ष गणेश बोहरा मार्फत पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरेका हुन् ।
फाउण्डेसनले पहिरोबाट विस्थापित भएका प्रति परिवार एक क्विन्टलका दरले चामल, ५ किलो दाल ३ लिटर खाने तेल, ३ किलो नुन प्रति परिवार पा“च जनालाई एक÷एक ब्रस, टुथपेष्ट,नुहाउने र कपडाधुने सावुन बितरण गरेको छ ।
पहिरो क्षेत्र नजिकै भएका बिद्यालय र गोठमा बस्दै आएका पहिरो पिडितलाई खाद्यान्न अभाव भएको समयमा फाउण्डेसनले राहात स्वरुप एक महिनालाई पुग्ने रासन वितरण गरेको हो ।