स्वास्थ्यका निर्देशनालयका कर्मचारीद्धारा आफ्नाे तलब काेषमा जम्मा गरे

स्वास्थ्यका निर्देशनालयका कर्मचारीद्धारा आफ्नाे तलब काेषमा जम्मा गरे

२८ चैत (धनगढी)
महामारीस“ग फ्रन्टलाइनमा जुधिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पारिश्रमिकसमेत काट्ने निर्णयको चौतर्फी आलोचना भइरहेको भएपनि सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयमा कार्यरत कर्मचारीहरुले आफ्नो तलब कट्टा गरेर सरकारद्धारा स्थापित कोभिड–१९ कोषमा रकम जम्मा गरेका छन् । निर्देशकदेखि कार्यालय सहयोगीसम्मले तोके बमोजिम पारिश्रमिक कट्टा गरेर कोषमा जम्मा गरेको उनीहरुले बताएका छन् ।
कर्मचारीहरुले एकमुष्ट १ लाख एक हजार आठ सय पैचासी रुपैया कोषमा जम्मा गरेको निर्देशक डा. गुणराज अवस्थीले बताए । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालमा कार्यरत २१ जनाले तहअनुसार तीनदेखि सात दिनसम्मको तलब कट्टा गरेर कोषमा जम्मा गर्नुपर्ने निर्णय गरेका हुन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सरकारले कोष स्थापना गरेको छ ।