सुर्खेतमा गोली चल्यो, ६ जना घाइते

सुर्खेतमा गोली चल्यो, ६ जना घाइते

१४ माघ (सुर्खेत)
टिप्परले किचेर एक युवकको हत्या भएपछि विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा सुर्खेतमा गोली चलेको छ । दुईजनाको खुट्टामा गोली लागेको र भागदौडमा अन्य ४ जना घाइते भएको सुर्खेतबाट शैलेन्द्र बिष्टले बताए ।
मंगलबार विहान कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर २ एरिचोकमा टिपरले किचेको थियो ।
सुर्खेत प्रहरीका अनुसार सिंह सवार रहेको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ को टिपरले ठक्कर दिएको थियो ।