सुदूरपश्चिम महोत्सव समापन, टिकट बिक्रिबाट ८० लाख आम्दानी

सुदूरपश्चिम महोत्सव समापन, टिकट बिक्रिबाट ८० लाख आम्दानी

सुदीप थापा, ६ पुस (धनगढी)
कैलाली उद्योग बाणिज्य संघद्धारा सञ्चालन गरिएको सुदूरपश्चिम महोत्सव धनगढी आइतबार समापन गरिएको छ । १४औँ संस्करणको सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि सुरु भएको थियो । महोत्सव अवधिमा ८० लाख बराबरको टिकट बिक्रि (प्रवेश शुल्क) बाट आम्दानी भएको जनाइएको छ ।
संघका अध्यक्ष पुष्पराज कुँवरको सभापतित्व तथा धनगढी उप–महानगरका प्रमुख नृपबहादुर वडको प्रमुख आतिथ्यतामा औपचारिक समापन कार्यक्रम गरिएको हो । समापन कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट भएकाहरुलाइ सम्मान गरिएको छ ।
समापनको अघिल्लो दिन दर्शकहरुको अत्यधिक घुइचो लागेको थियो । कतिपयले टिकटै नपाएर फर्किनु परेको आयोजकले बताएका छन् । महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुले आफ्नो प्रस्तुतिहरु राखेका थिए । महोत्सवमा राखिएको ४ सय स्टलमध्ये जाडोको कपडाको बिक्रि राम्रो भएको पसल सञ्चालकहरुले बताए ।