सुदुरपश्चिम–११ र आयोजक मनकामना युवा क्लब बी विजयी

सुदुरपश्चिम–११ र आयोजक मनकामना युवा क्लब बी विजयी

सुदीप थापा, १३ माघ (धनगढी)
धनगढीको जुगेडामा सञ्चालन भइरहेको भीडब्लु प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगितामा सोमबार भएका दुई खेलमा सुदुरपश्चिम–११ स्पोर्टस क्लब र आयोजक मनकामना युवा क्लब बी विजयी भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा मनकामना युवा क्लबको आयोजनामा भईरहेको भिडब्लु प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिताको पुरुष तर्फको खेलमा स् सुदुरपश्चिम–११ स्पोर्टस क्लब र आयोजक मनकामना युवा क्लब वी विजयी भएका हुन् ।
सोमवारको पहिलो खेलमा आयोजक मनकामना वी ले क्याम्पसरोड–११ लाई ३–० को अन्तरले हरायो । कामनकामनाका लागि भीम थापाले दुई र अंकित वरायलीले एक गोल गरे ।
दोस्रो खेलमा सुदुरपश्चिम–११ स्पोर्टस क्लबले फुलवारी–११ लाई ४–० ले हरायो । सुदुरपश्चिमका लागि विदेश खेलाडी ग्लोरी, विक्रम सिंह धन थापा र प्रचेश चौधरीले एक एक गोल गरे । २० गतेसम्म्म सञ्चालन हुने प्रतियोगितामा महिला तर्फका खेल भने माघ १७ गतेदेखि सुरु हुने आयोजक मनकामना युवा क्लबले जनाएको छ । प्रतियोगितामा पुरुष तर्फ १६ र महिला तर्फ ७ टीमको सहभागिता छ ।
प्रतियोगिताको पुरुषतर्फको विजेतालाई ७५ हजार तथा उपविजेतालाई ४१ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै महिला तर्फको विजेतालाई २० हजार तथा उपविजेतालाई १० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक मनकामना युवा क्लबले जनाएको छ ।

????????????????????????????????????