सुदुरपश्चिमेली समाज तमिलनाडुद्वारा संकटमा परेकालाई राहत

सुदुरपश्चिमेली समाज तमिलनाडुद्वारा संकटमा परेकालाई राहत

पुस्कर सिंह, १२ बैशाख (धनगढी)
भारतको तमिलनाडु राज्यको चेन्नईमा लकडाउनले गर्दा समस्यामा परेका प्रवासी नेपालीहरुलाई शुक्रबार चेन्नईको विभिन्न ठाउँमा खाध्यान्न सामाग्री वितरण गरेको छ ।
डोटी बान्डुङ्ग्रीसैन घर भइ हाल चेन्नई को नुकम्बाकमा होटेलमा काम गर्दै आएका प्रेम बिक. राधा बिक. तारा बिक, डम्बर बिक.,श्याम बिक. धने बिकसहितको ६ जनाको संयुक्त समुहलाई सुप समाज भारतका केन्द्रीय सदस्य हर्क देउवा, राज्य कोषाध्यक्ष पदम जान बोहरा र राज्य सदस्य प्रेम ढाँटमार्फत खाध्यान्न सामाग्री उपलब्ध गराएका छौ ।
त्यसै गरी डोटी आदर्श गाउँपालिका १ का बाजी नेपाली (विमारी अवस्था मा नोकरी नभएका) लाइ चेन्नई को कोडम्बाकम मा रघुवीर साउँदमार्फत आवश्यक खाध्यान्न सामग्री उपलब्ध गराएका हुन् ।
त्यसै गरी डोटी शिखर नगरपालिका ८ मथ्पोरा घर भइ हाल पर्सुवाक्कम चेन्नाईमा (होटेल बन्द भएर तलब नपाई समस्या मा परेका) सेर नेपाली, तारा नेपाली, एमडी नेपाली, बसन्ती नेपाली , माने नेपाली, दिपेश नेपालीसहितको ६ जनाको समुहलाई तमिलनाडु राज्य समिति उपाध्यक्ष टेकबहादुर खडका, कोषाध्यक्ष जान बोहरा चेन्नई समिति सल्लाहकार इन्द्र खडका र प्रेम ढाटको संयुक्त प्रयासमा प्रत्यक्ष भेट गरी आवश्यक खाध्य सामग्री उपलब्ध गराइएका हुन् ।