सामाजिक मन्त्रालयद्धारा अत्याधुनिक एम्बुलेन्स वितरण

सामाजिक मन्त्रालयद्धारा अत्याधुनिक एम्बुलेन्स वितरण

२० कार्तिक (धनगढी)
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले ९ वटै जिल्लाका स्वास्थ्य सस्थालाई १६ वटा सुविधायूक्त अत्याधुनिक एम्बुलेन्स हस्तान्तरण गरेको छ । इसिजी मनिटरसहित एसी जडित एम्बुलेन्समा २२ वटा उपकरण रहेका छन् । मन्त्रालयले ती एम्बुलेन्सहरु सेती प्रादेशिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र कमल बजार अछाम, जोगबुडा अस्पताल डडेलधुरा, जिल्ला अस्पताल दार्चुला, बैतडी र बझाङ, टाटे स्वास्थ्य चौकी बाजुरा, रुद्रेश्वर स्वास्थ्य चौकी बैतडी, खार स्वास्थ्य चौकी दार्चुला, रायल स्वास्थ्य चौकी बझाङ, नवदुर्गा स्वास्थ्य चौकी डडेलधुरा, डोटीमा जिल्ला अस्पताल र चवराचौतार स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल, बाब्ला स्वास्थ्य चौकी, बान्नीगढीमा एम्बुलेन्स वितरण गरेको छ ।
सम्बन्धित स्वास्थ्य संस्थाका प्रतिनिधिलाई एम्बुलेन्सको चाबी र कागजात हस्तान्तरण गर्दै मन्त्री सुवेदीले एम्बुलेन्सले विरामी हुने प्रदेशवासीको उपचारमा सहयोग पुग्ने बताएका । ती एम्बुलेन्स भन्सार छुटमा एउटाको ३९ लाख सात हजारमा खरिद गरिएका हुन् ।