वडा अध्यक्ष  जुवा खालबाट २२ लाखसहित पक्राउ

वडा अध्यक्ष जुवा खालबाट २२ लाखसहित पक्राउ

सुदीप थापा, १३ माघ (धनगढी)
गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनेर चिनिने रविन्द्र शाहीसहितका १६ जनालाई जुवा खेल्दै गरेको अवस्थामा आइतबार राति प्रहरीले पक्राउ गरेको छ । २२ लाख ८२ हजारसहित उनीहरुलाइृ धनगढी उपमहानगरपालिका ३ बाटमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । शाही नेपाली कांग्रेसबाट गोदावरी नगरपालिका १० बाट विजयी जनप्रतनिधि हुन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतका अनुसार उनीहरु पेशेवर खेलाडी हुन् । ठाउँ फेरिफेरि सेन्ट्री राखेर खेल्ने गर्छन् । बरामद भएको रकम जफत हुने र जुवा कसुर अनुसार उनीहरुमाथि कार्वाही हुने उनले बताए ।