लुटपाटमा संलग्न ६ जना पक्राउ

लुटपाटमा संलग्न ६ जना पक्राउ

८ पुस (धनगढी)
दुई दिनअघि धनगढीको बोराडाँडीमा राती सुमित भट्ट बा.१८ च ९६४३ नम्बरको निसान गाडी तोडफोड गरी लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरको छ । उनीहरुले गाडी नियन्त्रणमा लिएर फलामको रड र डण्डाले गाडीमा प्रहार गर्दै पेट्रोल देउ भनेर गाडीको ढोका तोडफोड गरर सुमित भट्टसंग रहेको सामसुङ ग्यालेक्सी मोबाईल लुटपाट गरेका थिए । लुटपाटमा संलग्न कन्चनपुर महेन्द्रनगरका १८ बर्षीय अजय भण्डारी, २१ बर्षीय गौरब चन्द, २५ बर्षीय चिरन बम, कृष्णपुरका नरेन्द्र साउँद, प्रदिप ऐर र दार्चुला घर भई धनगढी बस्दै आएका १८ बर्षीय पारस सिंहलाई पक्राउ गरेको हो ।