राना समुदायको भुइँया मन्दिर शिलन्यास

राना समुदायको भुइँया मन्दिर शिलन्यास

सुदीप थापा, ३ असार (धनगढी)
आफु सानैदेखि राना समुदायमा बसेको र संस्कृतिको संरक्षण गर्नु हाम्रो कर्तव्य भएको सुदूरपश्चिम प्रदेशसभा सांसद डिल्लीराज पन्तले बताएका छन ।
प्रदेश पुर्वाधार कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको राना समुदायको भुइँया मन्दिरको शिलन्यास कार्यक्रममा उनले आफ्नो क्षेत्रमा आफुले र पर्टिको तर्फ वाट पुर्ण सहयोग गर्ने उनले बताए । राना समुदायका लागि यस क्षेत्रका जनता अग्रसर भएर लागएको र राना समुदायमा आफ्नो नजिकको नाता भएको उनले जनाकारी दिए । आफ्नो संस्कृति, भेषभुषा जोगाएर आउने पुस्तालाई दिनु सवै समुदायले कर्तव्य भएको उनले बताए । प्रदेशका सांसदहरुलाई ३ करोडका बजेट दिईएको हुन्छ । सो बजेट आफ्नो क्षेत्रमा सदुपयोगका लागि यस्ता काम गरिरहेका उनले बताए ।
भुइँया मन्दिर को प्रदेशसभा सांसद डिल्लीराज पन्त, वडा अध्यक्ष बलबहादुर ऐर, वडा सदस्य ओम विक्रम चन्द लगाएतले सयुक्त रुपमा सिलन्यास गरेका हुन ।