युद्ध विजेता झै देखिन्थे उनी

युद्ध विजेता झै देखिन्थे उनी

सुदीप थापा, ७ बैशाख (धनगढी)
कोरोना संक्रमित कैलाली लम्कीचुहाका २१ वर्षिय युवा निको भएर अस्पतालबाट घर फर्किने बेला युद्ध विजेता झै देखिन्थे । वार्डबाट निस्कने वित्तिकैे मन्त्री, डाक्टर र पत्रकारहरुको घेरामा परेका उनी हसिँला थिए ।
कोरोना भाइरस संक्रमण देखिएपछि १६ दिनअघि उनी सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए। लम्कीचुहा नगरपालिका–१ प्रतापपुरका २१ बर्षीय युवाको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले आइतबार उनलाई डिस्चार्ज गरेको थियो ।
रिपोर्ट पोजेटिभ आएपछि चैत २२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई डिस्चार्ज गर्ने क्रममा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशी र मेडिकल सुपरिटेन्डेन्टले फुलको गुच्छा दिएर बिदाई गरेका थिए । अन्य चार जनाकाे भने उपचार भइरहेकाे छ ।