मन्त्रीका स्वकीय सचिव धामीकाे रिपाेर्ट नेगेटिभ

मन्त्रीका स्वकीय सचिव धामीकाे रिपाेर्ट नेगेटिभ

सुदीप थापा, ११ बैशाख (धनगढी)
यस बीचमा काेराेना भाइरसका स‌क्रमण राेकथाम तथा नियन्त्रण कार्यका लागि विभिन्न ठाउँमा खटिएका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका स्वकीय सचिव लोकेन्द्र धामीसहित अन्य २४ जनाको रिपाेर्ट नेगेटिभ आएकाे छ । उनले बिहीबार सेती प्रादेशक अस्पतालमा स्वावकाे नमुना परीक्षण गराएका हुन् । स्वकीय सचिव धामीले भने सबको रिपाेर्ट नेगेटिभ आएको छ । उनले सामाजिक विकास मान्त्रालयको विभिन्न कामकाजमा प्रदेशका विभिन्न जिल्लाहरुमा खटनपटन भई फर्के पछि परीक्षण गरिएको बताए । यसबेला आफु आफ्नो परिवार समाज र देशलाई सुरक्षित राख्न हरेक नागरिककाे कर्तब्य भएकाे बताए । सरकारले गरेको लकडाउनको पुर्ण पालना गर्नुपर्नेमा उनले जाेड दिए ।