भूमी आयोगका पदाधिकारी नियुक्तिः कैलाली अध्यक्षमा दीपक देवकोटा

भूमी आयोगका पदाधिकारी नियुक्तिः कैलाली अध्यक्षमा दीपक देवकोटा

कैलाली : भूमि सम्बन्धी समस्या समाधान आयोग कैलाली अध्यक्षमा दीपक देवकोटा मनोनीत भएका छन् । भुमिसुधार मन्त्रालयले सोमबार सुदुरपश्चिमका नौ जिल्लामा गरेको नियुक्ती गरेको हो।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ १५ गते मुलुकभर आयोगलाई पूर्णता दिएको हो। बाजुरामा रामलाल कार्की , कञ्चनपुरमा कमला कुमारी बोहरा, डडेल्धुरामा पदम राज जोशी, अछाममा कटक बहादुर साउद, दार्चुलामा रामदत्त जोशी, डोटीमा गणेश बहादुर बिष्ट , बझाङमा कलक बहादुर खड्का बैतडीमा नरेश कुमार विश्वकर्मा अध्यक्षमा मनोनीत भएका हुन्।