भारतद्वारा उल्टै धम्की

भारतद्वारा उल्टै धम्की

२३ कार्तिक (काठमाडाैँ)

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले भने,’भारतकाे नयाँ नक्सामा नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन भएकोछैन्, यसमा दुई देशबीचको सम्बन्ध बिगार्न बाह्य तत्व लागेका छन् र उनीहरूलाइ हामी कुनै पनि हालतमा छाेड्दैनाैँ।‘भारतले आफ्नो नयाँ नक्सामा पुरानाे नक्शाअनुसार नै ल्याइएकाे दाबी गरेको छ। भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गर्दैआफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएकाेबताएको छ।