बुढीगंगा नगरपालिका कार्यालय भिषण आगलागी
२८ फागुन (बाजुरा)
बाजुराको बुढीगंगा नगरपालिकाको कार्यालयमा बुधबार साँझ भएको आगलागीबाट नगरपालिका भवनकोे माथिल्लो तलामा रहेका सामग्रीहरु पूर्ण रुपमा ध्वस्त भएका छन् ।
आगलागी नियन्त्रण गर्न नगरपालिकाको चारैतिर रहेका बस्तीबाट सयौको संख्यामा आएका महिला पुरुषहरुले तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको घटनास्थलमै रहेका जयराज जैशीले बताएका छन् ।
भवनको माथिल्लो तलामा कृषि, शिक्षा र स्वास्थ्य फा“ट रहेको र ती फाँटमा रहेका सम्पूर्ण कागजात र उपकरणहरु नष्ट भएको स्थानीयले बताएका छन् । ‘कम्प्युटर, फर्निचर र कागजपत्रहरु केही बाँकी रहेनन्’ घटनास्थलमै रहेका जैशीले भने, ‘विधुत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।’
