बझाङ्गमा पहिराे पीडित परिवारलाई राहत वितरण

बझाङ्गमा पहिराे पीडित परिवारलाई राहत वितरण

सृजना स्नेही (बझाङ्ग)
जिल्ला प्रशासन कार्यालय बझाङ्गले बुधबार केदारस्यु गाउँपालिका ८ मल्लेसिमा पाँच दिनअघि गएको पहिरोबाट पीडितमा राहत वितरण गरेको छ । जिल्ला प्रशासनका खरिदार विकास नेपालीको नेतृत्वमा घटनास्थलमा पुगेको टोलीले घर क्षति भएकालाई १० हजार र मृतक व्यक्तिका परिवारलाई प्रति मृतक एक लाखका दरले परिवारलाई राहत हस्तान्तरण गरेको हो । पहिरोका कारण २१ घर परिवार घरवारविहीन छन् ।
उक्त घटनामा ७ जनाको पहिरोमा पुरी ज्यान गएको थियो । ती मध्ये एकै घरका ४ सदस्यले ज्यान गुमाएका थिए । पहिरोमा ज्यान गुमाउनेहरुमा राममती जेठारा, उनका छोरा प्रयाग जेठारा, छोरीहरु अस्मिता जेठारा र शान्ति जेठारा,दले जेठारा,गिरीजा जेठारा र सन्तु जेठारा रहेका छन् ।