धनगढी जलमग्न

धनगढी जलमग्न

उत्तम थापा, २६ साउन (धनगढी)
आइतबार रातभर परेको अविरल वर्षाले सोमवार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी जलमग्न भएका ेछ । धनगढीस्थित मुख्य बजार क्षेत्रका सरकारी कार्यालय, सडकहरु डुवानमा छन् । कतिपयका घरभित्र पानी पसेर हैरानी भएको छ ।
खोलानाला अतिक्रमण, पानी निकासको उचित व्यवस्थापन नहुँदा धनगढी बजार डुबानमा पर्दै आएको हो । हरेक वर्षायाममा सुदूरपशिचमको अस्थायी राजधानी धनगढी डुबानमा पर्दै आएको छ। सोमवार पनि धनगढीका अधिकाशं क्षेत्र डुबानमा परेका छन् भने तीन सय बढि घरमा पानी पसेको छ ।
पछिल्ला वर्षहरूमा खोला तथा नालाहरु अतिक्रमणको चपेटामा परेका कारण धनगढी जलमग्न हुने गरेको छ। ठूलो पानी पर्दा हुने डुबानका कारण विभिन्न भएपनि सानो पानीमा पनि धनगढी डुब्नुको कारणचाहिं खोला अतिक्रमण नै रहेको धेरेको तर्क छ।