धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

धनगढी । धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन् । १०० मतको प्रारम्भिक नतिजामा हमालले ५५ मत पाएका छन् । नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन् । उपमेयरमा भने माओवादी केन्द्रकी शान्ति अधिकारीले ४० मत सहित अग्रता लिएकी छन् ।