धनगढीले विकास सम्मेलन गर्दै

धनगढीले विकास सम्मेलन गर्दै

सुदीप थापा, १३ माघ (धनगढी)
धनगढी उपमहानगरपालिकाले विकास सम्मेलन आयोजन गर्ने भएको छ । धनगढीको योजनावद्ध विकासको लागि विकास सम्मेलन आयोजना गर्न लागिएको उपमहानगरले जनाएको छ ।
धनगढी विकास सम्मेलनमा उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थिक, भौतिक विकास र वातावरणको संरक्षणका आधारमा केही मुख्य परियोजना बैंकहरु बैंकहरु प्रस्तुत हुने नगरप्रमुख नृप बहादुर वडले बताए । यस्तै विकास सम्मेलनमा नगरबासीहरुले भोग्नु परेका दैनिक समस्याहरुलाई सम्वोधन गर्न धनगढी शहरलाई बस्न योग्य दिगो शहरको रुपमा रुपान्तरण गर्न एउटा मेगा प्रोजेक्ट प्रस्तुत गरिने उनले बताए । सम्मेलन फल्गुन १८ गते ओम प्यालेस धनगढीमा हुने छ ।