धनगढीमा अत्याधुनिक रेकर्डिङ स्टुडियो स्थापना

धनगढीमा अत्याधुनिक रेकर्डिङ स्टुडियो स्थापना

१९ साउन (धनगढी)
सुदूरपश्चिममा बरिष्ठ देउडा गायक लालबहादुर थापा र शुशिला थापाले धनगढीमा अत्याधुनिक रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएका छन् । बरिष्ट गायक नरेन्द्रराज रेग्मीले सोमबार एक कार्यक्रमकाबीच थापा दम्पतिद्धारा स्थापित बडिमालिका डिजिटल रेकर्डिङ स्टुडियोको उद्घाटन गरेका हुन् । रेग्मीले सुदूरपश्चिम प्रदेशको नमुना स्टुडियो बन्नु पर्ने बताए ।
रेग्मीले भने, ‘हामी कालाकार हौं कलाकारले कालाकारको दुख बुझछ हामीले भोगेको दुखबाट आगमी पुस्ताले शिक्षा लिन सकोस् ।’ भविष्यमा कालाकारका लागि गुनासो पोख्ने मौका यस स्टुडियोमा नआउने सञ्चालकको दावी छ ।
बरिष्ठ गायक लालबहादुर थापा र गायिका सुशिला थापा द्वारा सञ्चालित उक्त बडिमालिका डिजिटल रेकर्डिङ स्टुडियोमा सुदुरपश्चिमका कलाकारलाई स्थान दिने स्टुडियो सञ्चालक सुशिला थापाले जनकारी दिईन् । स्टुडियोलाई व्यवसायको रुपमा नभएर पाठशालाको रुपमा अगाडी बढाउने उनको भनाई छ । आफुहरुले सुदूरपश्चिमका नव आगान्तुक कलाकारकालागी गर्नु पर्ने सम्पुर्ण सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन् । उद्घाटन कार्यक्रममा दोहोरी प्रतिष्ठान कैलालीका अध्यक्ष सिवि चन्द, पत्रकार विरेन्द्र रावल, डाईरेक्टर उदय बोहोरा, वरिष्ठ भिडियो सम्पादक उत्तम थापालगाएतको सहभागिता रहेको थियो ।