दुबइमा अप्ठेरोमा परेकालाई सहयोग

दुबइमा अप्ठेरोमा परेकालाई सहयोग

सुदीप थापा, १ जेठ (धनगढी)
अछामको साँफेबगर नगरपालिका (१४ घर भई हाल दुबई बस्ने समाजसेवी जयन्द्र थापाले लकडाउनका कारण बेराजगार भई छाक टार्न समस्या भएका व्यक्तिहरुलाई ४० हजार रुपैया सहयोग गरेका छन् ।
कामको सिलसिलामा भारतको मुम्बईमा रहेका अछामको साँफेबगर नगरपालिका (१४ का बासिन्दाको राहतका लागि ४० हजार रुपैया सहयोग गरेका हुन् ।
उनले लकडाउनका कारण अलपत्र परेका आफ्नो जन्म वडाका बासिन्दाहरुको राहतका लागि सहयोग गरेका हुन् । सा.न.पा.१४ वडा कार्यालय बाट एक लाख, लक्षमण खडकाबाट पचास हजार जयन्द्र थापाबाट चालिस हजार, जनक थापा तीन हजार दुई सय, जनकबहादुर थापाबाट तीन हजार दुई सय, रामकुमार जैगडीबाट दुई हजार चार सय, भरत बहादुर थापा एक हजार ६ सय, हिक्मत थापाबाट तीन हजार दुई सय, रबिन्दी थापा तीन हजार दुई सय, सुरत बोहराबाट एक हजार ६ सय गरी दुई लाख २७ हजार चार सय सहयोग गरिएको छ ।