डायलाइसिस के हो, किन गरिन्छ ?

डायलाइसिस के हो, किन गरिन्छ ?

१७ कार्तिक (धनगढी)
यतिबेला प्रधानमन्त्रीको मृगौलामा समस्या आएर डायलसिस गरिदै आएको छ । आज यही डायलसिस केहो भन्ने जानकारी दिने प्रयास गरिएको छ । सामान्यतया मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि मिगौलामा भएको विकार वस्तु मेसिनको सहायताले निकालेर सफा गर्ने पद्धति नै डायलाइसिस हो ।
मिर्गौला प्रत्यारोपण गरिएका बिरामीहरुको डाइलाइसिस गरिरहनुपर्ने हुन्छ । मिर्गौलाको कार्यक्षमता १५ प्रतिशतभन्दा कम भएपछि डायलाइसिस गरिन्छ ।
मिर्गौंलामा फोहोर जमेपछि रक्तचाप असन्तुलन हुन्छ । मिर्गौलाको कार्यक्षमतामा ह्रास आउँदा बिरामीलाई अत्यधिक रिंगटा लाग्ने, बान्ता हुने, सुन्निने लगायतका लक्षणहरु देखिन्छन् ।

डायलाइसिस दुई प्रकारको हुन्छ । पहिलो, हेमोडायलाइसिस । यसमा रगतलाई नलीको माध्यमबाट कृत्रिम मिर्गौला मेसिनमा पठाइन्छ र शुद्धीकरण गरेर पुनः नलीका माध्यमबाट शरीरमै फिर्ता गरिन्छ । दोस्रो, पेरिटोनियल डायलाइसिस । यसमा आफ्नै पेटको भित्री सतहको सहायतामा रगतलाई डायलाइसेट नामक तरल पदार्थको माध्यमबाट शुद्ध पारिन्छ ।
मिर्गौलाले पूर्ण रूपमा काम गर्न छोडे हप्ताको ३ पटकसम्म अस्पतालमै लगेर डायलाइसिस गरिन्छ ।