ट्रक र मोटरसाइकल ठोकिदा २ जना घाइते

ट्रक र मोटरसाइकल ठोकिदा २ जना घाइते

धनगढी: धनगढी उपमहानगरपालिका ५ तारानगरमा ना ४ ख ८८७६ नम्बरको ट्रक र से ६ प ६० २१ नम्बरको मोटरसाइकल ठोकिदा मोटरसाइकल चालक र सोहि मोटरसाइकलमा सवार १ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घाइते हुनेमा धनगढी १ का २२ वर्षीय रोशन  तिमिल्सेना र धनगढी ५ का २२ वर्षीय हेमन्त ढकाल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

घाइतेको सेती प्रादेशिक अस्पतालमा प्राथमिक उपचार पछि अहिले निसर्ग अस्पतालमा उपचार भइरहेको नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। Dinesh Khaber