गायिका आस्था राउत प्रहरी कार्यालयमा उपस्थित

गायिका आस्था राउत प्रहरी कार्यालयमा उपस्थित

१३ माघ (काठमाडौँ)
एकाएक विवादमा मुछिएकी गायिका आस्था राउत सोमबार बिहान आफैं महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएकी छन् । परिसर प्रवक्ता होबिन्द्र बोगटीका अनुसार गायिका राउत बिहानै टेकु पुगेपछि थप प्रक्रिया अगाडि बढाउनका लागि उनको आफन्तलाई पनि टेकु बोलाइएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको थियो । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको हो ।