खादा छाडौं, फूल प्रयोग गरौं -मन्त्री भट्ट

खादा छाडौं, फूल प्रयोग गरौं -मन्त्री भट्ट

सुदीप थापा ८ पुस (धनगढी)
सुदुर पश्चिम प्रदेशका पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्टले अब देखि खादाको सट्टा फुलको माला प्रयोग गर्ने गराउनेमा जोड दिएकी छिन् । मंगलबार बसेको पर्यटन प्रवद्र्धन समितिको बैठकमा मन्त्री भट्टले उक्त कुरामा जोड दिएकी हुन् । खादाको सट्टा फुलको माला प्रयोग गर्दा स्थानीय उत्पादन र ब्यापार प्रवद्र्धन हुने उनको भनाई छ । सबै कार्यालयले त्यसैमा जोड दिनुपर्ने उनको भनाई छ ।
बैठकले पर्यटन भ्रमण बर्षको पहिलो दिनको प्रदेश स्तरीय कार्यक्रमको कार्ययोजनासमेत तय गरेको मन्त्रालयका पर्यटन शाखाका अधिकृत भोजराज पाठकले बताए । जनवरी एक गतेका दिन प्रदेश प्रहरी कार्यालया भब्य कार्यक्रम गरेर भ्रमण बर्षको सुभारम्भ गने योजना बनेको उनले बताए । त्यस दिन ९ वटै जिल्लाको प्रतिनिधित्व रहनेगरि मौलिक सास्कृतिहरु प्रस्तुत गरिने, र्याली प्रदर्शनी, निम्त्याइएका विदेशी पर्यटक, पत्रकार, पर्यटन ब्यवसायीलगायतलाई गड्डाचौकी र गौरीफन्टामा सम्मान गर्ने लगायतका निर्णय भएको पाठकले बताए ।