कोरोनाबाट ब्राजिलमा एकै दिनमा १३ सय वढीको मृत्यु

कोरोनाबाट ब्राजिलमा एकै दिनमा १३ सय वढीको मृत्यु

२४ असार (काठमाडौं)
असार २४ स् कोरोना भाइरसको महामारीले ब्राजिलमा ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३१२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६६ हजार ८६८ पुगेको छ । यस्तै एकै दिन ४८ हजार ५८४ जना संक्रमित भएका छन् ।
योसँगै संक्रमित हुनेको संख्या १६ लाख ७४ हजार ६५५ पुगेको छ। ब्राजिलमा अहिलेसम्म १० लाख ७२ हजार २२९ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ३५ हजार ५५८ जनाको उपचार भइरहेको छ ।