कैलालीको खानीडाँडामा महिलालाई बेहोस बनाइ लुटपाट, दुई जना पक्राउ

कैलालीको खानीडाँडामा महिलालाई बेहोस बनाइ लुटपाट, दुई जना पक्राउ

धनगढी, फाल्गुन ५/ कैलालीको खानी डाँडामा एक महिलालाई बेहोस बनाइ लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चुरे गाउँपालिका वडा नम्बर–५ खानिडाडामा होटेल सञ्चालन गरी बस्ने २७ बर्सिया महिला लाई बदाम जुसमा बेहोस बनाउने औषधि राखेर खुवाइ लुटपाट गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

महिला बेहोस भएपछि उनले लगाएको २ तोलाको सुनको सिक्री र नदर तिन लाख चोरेर दुवै जना फरार भएका थिए ।

पक्राउ पर्नेमा कालिकोट रास कोट नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३४ को सदानन्द धमला र सोही ठाउँ बस्ने बस्ने वर्ष ३५ को प्रकाश शाही लाई पक्राउ गरिएको उनले बताए । धमला लाई धनगढीबाट र शाही लाई कोहलपुरबाट पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट बेहोस बनाउने ४० वटा ट्याब्लेट पनि प्रहरीले बरामद गरेको छ । दुवै जना विरुद्ध चोरी शीर्षकमा मुद्दा दर्ता गरी सम्मानित कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको र निजहरूलाई ज्यान मार्ने उद्योग तर्फ समेत अनुसन्धान भई रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । सुदूर पत्र