कुमारीत्व फकार्उने उपचारको मार्गमा बेलायत

कुमारीत्व फकार्उने उपचारको मार्गमा बेलायत

१५ माघ (ऐजेन्सी)
मिडल इस्टर्न विमन एन्ड सोसाइटी अर्गनाइजेशनकी संस्थापक हालाले ताहिरीले मोरक्कोकी एक छात्रा बाबुले हत्या गर्न खोजेको सूचना पाएर आफू लुकेर हिँडिरहेको बताउँछिन् । सन् २०१४ मा यूके आएकी ती २६ वर्षीया महिलाले एउटा पुरुष भेटेको र उनीहरू बीच यौनसम्बन्ध भएको बताइएको छ । त्यहाँबाट भागेर लन्डन आएको भए पनि उनी लुकीलुकी जीवन व्यतीत गरिरहेकी छन् । तर उनका बाबुले त्यो कुरा थाहा पाएपछि उनलाई मोरक्को फिर्ता बोलाइएको र त्यहाँ उनको कुमारीत्वको परीक्षण गरिएको बताइन्छ ।
छेदन नभएको झिल्लीलाई कुमारीत्वको चिह्न मान्ने गरिएको छ र कतिपय महिला विवाहको पहिलो रात आफू कुमारी रहेको प्रमाणित गर्ने दबावमा हुन्छन् । हाइमनोप्ल्यास्टी भनिने योनीद्वारमा रहने झिल्लीलाई पुरानै अवस्थामा फर्काउने शल्यक्रियालाई कुमारीत्व उपचार’ भन्ने गरिएको छ ।
यस्तै मोरक्कोमा जन्मिएकी एक ४० वर्षीया सहायक शिक्षिकाले आफूलाई २०(२२ वर्षको उमेरमा कुमारीत्व जाँच्न बाध्य पारिएको स्मरण गर्दै आफ्ना छोरीहरूलाई त्यस्तो गराउने सोच्न पनि नसक्ने बताएकी छन् । “म कहिले पनि कुनै पनि हालतमा उनीहरूलाई त्यस्तो गर्न लगाउनेछैन । म उनीहरूलाई स्वतन्त्र हुन सिकाउँछु ।
विवाहको पहिलो रात
यूकेमा अहिले कम्तीमा २२ निजी क्लिनिकमा त्यस्तो शल्यक्रिया गरिने द सन्डे टाइम्स पत्रिकाको एउटा अनुसन्धानले देखाएको छ । एक घन्टा लाग्ने सो शल्यक्रियाका लागि ३,००० पाउन्डसम्म शुल्क लिने देखिएको छ ।
विवाहको पहिलो रात आफूलाई ’चोखो’ प्रमाणित गर्नुपर्ने मुस्लिम महिलाहरूको डरबाट त्यस्ता क्लिनिकले फाइदा लिइरहेको महिला अधिकारकर्मीहरूले बताएका छन् ।
धेरै क्लिनिकले आफ्नो वेबसाइटमा त्यसको विज्ञापन पनि गर्छन्। लन्डनको एउटा क्लिनिकले महिलालाई पतिले पत्नीको कुमारीत्व भङ्ग भइसकेको थाहा पाउँदा विवाह भङ्ग भएको पनि बताउने गरेका छ ।