कालंगाको सुरूङभित्र कसरी फसे चार मजदूर

कालंगाको सुरूङभित्र कसरी फसे चार मजदूर

बझाङको कालंगा गाड जलविद्युत आयोजनाको सुरूङभित्र फसेका चार जना मजदूरको मृत्यु भएको छ । उनीहरुको सनिबार शव फेला परेको हो ।
सुरूङभित्र काम गर्न आइतबार दिउँसो गएका छ जना मजदूरमध्ये चार जना सम्पर्क्विहीन थिए भने दुई जना सास फेर्न गाह्रो भएपछि बाहिर निस्केका थिए ।
सोमबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरूङभित्रबाट चार जनाको शव निकालेका हुन् ।
दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी सुरूङभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सुरूङभित्र फसेका मजदूर उद्धारका लागि हेलिकप्टरबाट सशस्त्र प्रहरीको उद्धार टोली पठाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले दिएको जानकारीअनुसार मजदूरहरू सुरूङभित्र अक्सिजन अभाव हुँदा मृत्यु भएको अनुमान गरिएको छ ।